मुम्बईमा ५ दलित किशोर ९ महिनादेखि बन्धक | Khabarhub Khabarhub

मुम्बईमा ५ दलित किशोर ९ महिनादेखि बन्धक


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका ५ जना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको खबर आजको नयाँ पत्रिकाले छापेको छ। सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो। यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन्।

उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए। मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन्। जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए। तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन्।

उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले। महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए। तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए। आफू भने मोटो रकम लिएर फर्केका थिए। त्यसयता महतो लहानमै छन्। उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत शुरु भएको छैन।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : २६ बजे

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्

अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौं–  ‘जेन-जी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै

मोहना घाटमा छठ पूजाको तयारी

कैलाली– छठ पूजा सेवा समिति, धनगढीले हरेक वर्ष झै यस

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा