मुम्बईमा ५ दलित किशोर ९ महिनादेखि बन्धक « Khabarhub

मुम्बईमा ५ दलित किशोर ९ महिनादेखि बन्धक


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका ५ जना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको खबर आजको नयाँ पत्रिकाले छापेको छ। सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो। यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन्।

उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए। मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन्। जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए। तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन्।

उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले। महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए। तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए। आफू भने मोटो रकम लिएर फर्केका थिए। त्यसयता महतो लहानमै छन्। उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत शुरु भएको छैन।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : २६ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते