बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर « Khabarhub

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ ।

महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।

यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा रु १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ । बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो । जसमा १११ रहेका छन् । साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ५६ बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको