मलेसियामा काम गर्ने साढे ९ हजार विदेशी श्रमिक पक्राउ « Khabarhub

मलेसियामा काम गर्ने साढे ९ हजार विदेशी श्रमिक पक्राउ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिना मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६ सय ५४ जना पक्राउ गरेको जनाएको छ ।

मलेसियाको अध्यागमन विभागलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै ईण्डोनेसियाबाट रोजगारीमा आएका कामदार परेको जनाएका छन् ।

यसरी पक्राउ पर्नेहरुमा ६ महिनामा अवधिमा इण्डोनेसियनहरुका ३ हजार ७ सय ६७ जना अवैध रुपमा बसेका कामदार पक्राउ परेका छन् । यसैगरी म्यानमानरका २ हजार १ सय ५, बंगलादेशी १ हजार ५ सय ९४, भारतीय ५ सय २५ जना, भियतनामी २ सय ९४, पाकिस्तानी २ सय ६३, थाई २ सय २६, फिलिपिनो २ सय २२ जना रहेको अध्यागमनले जनाएको छ ।

यो अवधिमा नेपाली १ सय ९३ जना नेपाली पनि पक्राउ गरेको अध्यागमनले जनाएको छ । यस्तै नाइजेरियाका १ सय ५० तथा ३ सय १५ जना अन्य मुलुकका रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विगत ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारमाथि धेरै पटक धरपकड गरेको छ । यो अवधिमा १ लाखभन्दा धेरै विदेशी कामदारमाथि चेकजाँच गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ३२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका