लाङटाङ राष्ट्रिय निकुञ्ज सर्च अभियान, २२ थान तारको पासो बरामद « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्ज सर्च अभियान, २२ थान तारको पासो बरामद


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ ।

महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको जानकारी दिइन् ।

निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानको क्रममा भेटिएका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको समेत प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिइन् ।

सडक सञ्जाल जोडिएका क्षेत्रमा विसं २०७२ को भूकम्पपछि खाना पकाउने प्रयोजनका लागि अधिकांश निकुञ्जवासी ग्यास प्रयोग गर्न थालेका र दाउरा प्रयोग गर्नेले पनि खेतबारीका आफ्ना स्वामित्व क्षेत्रको खाली जमीनमा बोटविरूवा लगाउने बानीको विकास बढेका कारण वन पैदावारको व्ययभार घट्दै गएको बताइएको छ ।

हिमाली क्षेत्रको भ्रमण गर्न आउने पर्यटकले अनुमति बेगर ल्याएका १२ ड्रोन क्यामरामा छायाङ्कन गरिएका श्रव्यदृश्यको मेमोरी बरामद गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आफ्नो कार्यालय र सुरक्षाका लागि खटिएका नेपाली सेना कालिजङ्ग गणले गरेका संरक्षणका कार्य प्रगति आम नागरिकलाई सुसूचित गर्ने उदेश्यले पत्रकारमाझ जानकारी गराउने कामसमेत सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाअन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौडागौडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन