लाङटाङ राष्ट्रिय निकुञ्ज सर्च अभियान, २२ थान तारको पासो बरामद « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्ज सर्च अभियान, २२ थान तारको पासो बरामद


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ ।

महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको जानकारी दिइन् ।

निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानको क्रममा भेटिएका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको समेत प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिइन् ।

सडक सञ्जाल जोडिएका क्षेत्रमा विसं २०७२ को भूकम्पपछि खाना पकाउने प्रयोजनका लागि अधिकांश निकुञ्जवासी ग्यास प्रयोग गर्न थालेका र दाउरा प्रयोग गर्नेले पनि खेतबारीका आफ्ना स्वामित्व क्षेत्रको खाली जमीनमा बोटविरूवा लगाउने बानीको विकास बढेका कारण वन पैदावारको व्ययभार घट्दै गएको बताइएको छ ।

हिमाली क्षेत्रको भ्रमण गर्न आउने पर्यटकले अनुमति बेगर ल्याएका १२ ड्रोन क्यामरामा छायाङ्कन गरिएका श्रव्यदृश्यको मेमोरी बरामद गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आफ्नो कार्यालय र सुरक्षाका लागि खटिएका नेपाली सेना कालिजङ्ग गणले गरेका संरक्षणका कार्य प्रगति आम नागरिकलाई सुसूचित गर्ने उदेश्यले पत्रकारमाझ जानकारी गराउने कामसमेत सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाअन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौडागौडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको