गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् ! | Khabarhub Khabarhub

गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले किताव आयतमा दश प्रतिशत भन्सार महसुल लगाउने निर्णयले स्वदेशी मुद्रण व्यवसायलाई कुनै फाइदा नपुग्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले भन्सार महसुलले स्वदेशी मुद्रणलाई फाइदा पुग्ने सरकाको कुरामा कुनै दम नरहेको बताए ।सरकारले घरेलु मुद्रण व्यवसायीको हित चाहेको भए अन्य कयौं उपायहरु रहेको भन्दै उनले सरकारले पुस्तकलाई नियन्त्रण गर्न खोज्दै प्रकारान्तरमा ज्ञानलाई नै नियन्त्रण गर्न खोजेको दाबी गरे ।

‘यस्तो कामको एउटै उदेश्य देखिन्छ । कितावलाई महंगो बनाउँदै कितावलाई नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु’ थापाले भने ।

सांसद थापाले विदेशबाट आउने नेपालीले भन्सार नतिर्ने गरि धेरै किताव ल्याउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै त्यसमा कोटा लगाउन सुझाव दिए ।

‘सुझाव दिन चाहन्छु विदेशबाट आउने नेपालीले कतिवटा किताव ल्याउन पाउने त्यसको कोटा तोकिदिनुस्’ थापाले कटाक्ष गर्दै भने,‘विमानस्थल लगायतका स्थानमा सुरक्षा जाँच बढाउनुस्, किताव बढी ल्याउनेलाई दण्ड जरिवाना गराउँनु । त्यति गर्दा पनि नेपालीले किताव पढ्न नछाड्ने हो भने सरकारले एक वर्षमा नेपालीले कति किताव पढ्न पाउने हो त्यसको कोटा तोकिदिनुस् ।’

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : ४६ बजे

भारतीय विदेशसचिव भन्छन्- ‘अपरेशन सिन्दूर’ पाकिस्तान र चरमपन्थीहरूलाई गतिलो पाठ

नयाँ दिल्ली– भारतका विदेशसचिव विक्रम मिस्रीले बुधबार आयोजित विशेष पत्रकार

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आईपीएसबाट 

काठमाडौं– स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न

‘सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक’

काठमाडौं– सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

एजेन्सी – संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले हालै सार्वजनिक गरेको