गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् ! « Khabarhub

गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले किताव आयतमा दश प्रतिशत भन्सार महसुल लगाउने निर्णयले स्वदेशी मुद्रण व्यवसायलाई कुनै फाइदा नपुग्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले भन्सार महसुलले स्वदेशी मुद्रणलाई फाइदा पुग्ने सरकाको कुरामा कुनै दम नरहेको बताए ।सरकारले घरेलु मुद्रण व्यवसायीको हित चाहेको भए अन्य कयौं उपायहरु रहेको भन्दै उनले सरकारले पुस्तकलाई नियन्त्रण गर्न खोज्दै प्रकारान्तरमा ज्ञानलाई नै नियन्त्रण गर्न खोजेको दाबी गरे ।

‘यस्तो कामको एउटै उदेश्य देखिन्छ । कितावलाई महंगो बनाउँदै कितावलाई नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु’ थापाले भने ।

सांसद थापाले विदेशबाट आउने नेपालीले भन्सार नतिर्ने गरि धेरै किताव ल्याउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै त्यसमा कोटा लगाउन सुझाव दिए ।

‘सुझाव दिन चाहन्छु विदेशबाट आउने नेपालीले कतिवटा किताव ल्याउन पाउने त्यसको कोटा तोकिदिनुस्’ थापाले कटाक्ष गर्दै भने,‘विमानस्थल लगायतका स्थानमा सुरक्षा जाँच बढाउनुस्, किताव बढी ल्याउनेलाई दण्ड जरिवाना गराउँनु । त्यति गर्दा पनि नेपालीले किताव पढ्न नछाड्ने हो भने सरकारले एक वर्षमा नेपालीले कति किताव पढ्न पाउने हो त्यसको कोटा तोकिदिनुस् ।’

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : ४६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी