तापक्रम बृद्धिसँगै तराईमा सर्पको बिगबिगी सर्पदंशका बिरामी बढे « Khabarhub

तापक्रम बृद्धिसँगै तराईमा सर्पको बिगबिगी सर्पदंशका बिरामी बढे


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढे संगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ ।

तराईका जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा ,बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदीले बताए ।

सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ०४ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न