ह्वाट्सएपको फङ्सनमा आयो यस्तो परिवर्तन « Khabarhub

ह्वाट्सएपको फङ्सनमा आयो यस्तो परिवर्तन


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । सामाजिक संजाल ह्वाट्सएपले म्यासेज फरवार्ड गर्ने सङ्ख्यालाई सीमित गराउने निर्णय सुनाएको छ । गलत समाचार फैलिन नदिने उद्देश्यले कम्पनीले यस्तो प्रणाली लागू गर्न लागेको हो ।

भारतमा ६ महिनाको परीक्षणपछि एपले सबै प्रयोगकर्तालाई एउटा मेसेज एक पटकमा केबल पाँचजनालाई मात्र पठाउन मिल्ने नियम बनाएको हो । यसअघि भने भारत बाहिर यो सङ्ख्या २० जनासम्ममा सीमित रहेको थियो ।

फेसबुकले खरिद गरेको ह्वाट्सएपले पहिले यो प्रणाली यसको सबैभन्दा ठूलो बजार भारतमा मात्र लागू गराएको थियो । गत वर्ष भ्रामक म्यासेजहरु भाइरल भएपछि भारतमा एक दर्जन ‘लिन्चिङ’ का घटना भएका थिए । लिन्चिङ अर्थात कुनै समूहद्वारा एक व्यक्तिलाई कथित अपराधका लागि कानूनी सहयता बिना कठोर सजायँ दिनु हो । यसरी भारतमा धेरै पीडितहरुलाई ह्वाट्सएपमा फैलाइएका झुठा जानकारीका कारण अपहरणकर्ता ठानिएको थियो ।

यसैका कारणले झरखंडमा सातजनाको मृत्यु भएपछि भारतमा फेक न्युज विवादले गम्भीर रुप लिएको हो । यस विषयमा सरकारले समेत कम्पनीलाई उचित कदम उठाउन दबाब दिएको थियो । हाल भारतमा ५० करोड मानिस इन्टरनेटमा सक्रिय छन् जसमा अझै ९० करोड जनता अनलाइन आउनै बाँकी छ । तर अहिले नै भारतले बाँकी विश्वको इन्टरनेट प्रयोग गर्ने तरिकामा प्रभाव पारिसकेको छ । कम्पनीले यस नयाँ कानुनपछि विश्वभरका फर्वाडेड म्यासेज कम गराइएको बताएको छ ।

यसकारण पनि गुगल, फेसबुक, अमेजोन, टिन्डर लगायतका ठुल्ठुला कम्पनीहरुले कुनैपनि नयाँ फिचरलाई अन्तराष्ट्रिय बजारमा ल्याउनु अगाडि परीक्षणका लागि भारतमा लन्च गर्ने गरेका छन् । कम्पनीले भने प्रयोगकर्ताका अनुभवप्रति सधैँ ध्यान दिइरहने र भाइरल सामग्रीहरुको निरीक्षण गर्न नयाँ विकल्पको खोजी पनि जारी राख्ने प्रतिबद्धता जनाएको छ । ( सिएनएन

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  १० : ०५ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार