ह्वाट्सएपको फङ्सनमा आयो यस्तो परिवर्तन « Khabarhub

ह्वाट्सएपको फङ्सनमा आयो यस्तो परिवर्तन


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । सामाजिक संजाल ह्वाट्सएपले म्यासेज फरवार्ड गर्ने सङ्ख्यालाई सीमित गराउने निर्णय सुनाएको छ । गलत समाचार फैलिन नदिने उद्देश्यले कम्पनीले यस्तो प्रणाली लागू गर्न लागेको हो ।

भारतमा ६ महिनाको परीक्षणपछि एपले सबै प्रयोगकर्तालाई एउटा मेसेज एक पटकमा केबल पाँचजनालाई मात्र पठाउन मिल्ने नियम बनाएको हो । यसअघि भने भारत बाहिर यो सङ्ख्या २० जनासम्ममा सीमित रहेको थियो ।

फेसबुकले खरिद गरेको ह्वाट्सएपले पहिले यो प्रणाली यसको सबैभन्दा ठूलो बजार भारतमा मात्र लागू गराएको थियो । गत वर्ष भ्रामक म्यासेजहरु भाइरल भएपछि भारतमा एक दर्जन ‘लिन्चिङ’ का घटना भएका थिए । लिन्चिङ अर्थात कुनै समूहद्वारा एक व्यक्तिलाई कथित अपराधका लागि कानूनी सहयता बिना कठोर सजायँ दिनु हो । यसरी भारतमा धेरै पीडितहरुलाई ह्वाट्सएपमा फैलाइएका झुठा जानकारीका कारण अपहरणकर्ता ठानिएको थियो ।

यसैका कारणले झरखंडमा सातजनाको मृत्यु भएपछि भारतमा फेक न्युज विवादले गम्भीर रुप लिएको हो । यस विषयमा सरकारले समेत कम्पनीलाई उचित कदम उठाउन दबाब दिएको थियो । हाल भारतमा ५० करोड मानिस इन्टरनेटमा सक्रिय छन् जसमा अझै ९० करोड जनता अनलाइन आउनै बाँकी छ । तर अहिले नै भारतले बाँकी विश्वको इन्टरनेट प्रयोग गर्ने तरिकामा प्रभाव पारिसकेको छ । कम्पनीले यस नयाँ कानुनपछि विश्वभरका फर्वाडेड म्यासेज कम गराइएको बताएको छ ।

यसकारण पनि गुगल, फेसबुक, अमेजोन, टिन्डर लगायतका ठुल्ठुला कम्पनीहरुले कुनैपनि नयाँ फिचरलाई अन्तराष्ट्रिय बजारमा ल्याउनु अगाडि परीक्षणका लागि भारतमा लन्च गर्ने गरेका छन् । कम्पनीले भने प्रयोगकर्ताका अनुभवप्रति सधैँ ध्यान दिइरहने र भाइरल सामग्रीहरुको निरीक्षण गर्न नयाँ विकल्पको खोजी पनि जारी राख्ने प्रतिबद्धता जनाएको छ । ( सिएनएन

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  १० : ०५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक