प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ ? कुन बार कतापट्टि फर्किएर राख्दा हुन्छ सफल « Khabarhub

प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ ? कुन बार कतापट्टि फर्किएर राख्दा हुन्छ सफल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

प्रेम प्रस्ताव राख्दा कुन रासिले कता फर्केर अनि कुन बार प्रेम प्रस्ताव राख्दा सफल हुन्छ ? हिन्दू धर्म शास्त्र अन्तर्गत ज्योतिष र वास्तु शास्त्रले राशि अनुसारको प्रभावको व्याख्या गर्ने गरेको छ ।

जस अनुसार कमाई, प्रेम सम्बन्ध लगायतका बारेमा विभन्न व्यवस्था गरेको छ । यस्तै प्रेम सम्बन्धलाई चीरस्थायी र सफल बनाउन प्रस्ताव कुन दिशाबाट कस्तो र‌गको पहिरनमा राख्दा राम्रो हुन्छ भन्ने व्यवस्था गरेको छ ।

मेष :- पूर्व फर्केर रातो कपडा लगाएर मंगलबार प्रेम प्रस्ताव राख्दा शुभ अनि सफल हुनेछ |

वृष :- दक्षिण पट्टि फर्किनुहोस सेतो कपडा मा सजिनुहोस र शुक्रबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम सफल हुनेछ |

मिथुन: – पश्चिम दिशा पट्टि फर्केर हरियो कपडामा रहेर वुधबार को दिनमा प्रेम प्रस्ताव राख्नु शुभ रहनेछ |

कर्कट :- उत्तर दिशा पट्टि फर्किनुहोस हल्का गाढा सेतो कपडा लहाउनुहोस अनि सोमबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम प्रस्ताव स्वीकार्य हुनेछ |

सिंह :- पुर्व फर्किनुहोस गुलावी कपडामा सजिनुहोस अनि आइतवार प्रेम प्रस्ताव राख्नुहोस तपाई सफल बन्नुहुनेछ |

कन्या :- हल्का हरियो रंग को कपडा मा सजिनुहोस दक्षिण दिशा पट्टि फर्किनुहोस अनि वुधबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रस्ताव सकारात्मक हुनेछ ।

तूला :- पश्चिम फर्किनुहोस धुस्रे ( हल्का सेतो ) कपडा लगाउनुहोस अनि शुक्रबार प्रेम प्रस्ताव राख्नुहोस शुभ हुनेछ ।

वृश्चिक :- उत्तर दिशामा फर्किनुहोस गाढा रातो कपडा लगाउनुहोस अनि मंगलबार प्रेम प्रस्ताव राख्नुहोस तपाई सफल बन्नुहुनेछ ।

धनु :- हरियो कपडा लगाउनुहोस पूर्व फर्किनुहोस अनि विहिवार तपाइले चाहेको मान्छेलाई प्रेम प्रस्ताव राख्नुहोस सफल बन्नुहुनेछ ।

मकर :- दक्षिण पट्टि फर्किनुहोस निलो कपडामा सजिनुहोस अनि शनिबार प्रेम प्रस्ताव राख्नुहोस सफल बन्नुहुनेछ ।

कुम्भ :- कालो कपडामा सजिनुहोस अनि पश्चिम दिशा पट्टि फर्केर शनिबार प्रेम प्रस्ताव राख्नुहोस तपाइको प्रेम प्रस्ताव स्वीकार्य हुनेछ ।

मिन :- गाढा पहेलो बस्त्र मा रहेर उत्तर दिशा पट्टि फर्केर विहबार प्रेम प्रस्ताव राख्नु उचित हुनेछ , तपाइँ सफल बन्नुहुनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर