चीनले बनायो समाचार पढ्ने कृत्रिम ‘न्यूज एंकर’ « Khabarhub

चीनले बनायो समाचार पढ्ने कृत्रिम ‘न्यूज एंकर’


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मानव तयार गरेको छ । इन्टेलिजेन्स (एआई)मा आधारित समाचार बाचक चीनले तयार पारेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो कृत्रिम न्यूज एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ ।

रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलाई दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ । अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाई यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ । यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ। ध्यान दिएर हर्दा नक्कली छुट्टयाउन सकिन्छ ।

यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुई भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए ।

उनले बीबीसीलाई बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन । सिन्व्हा समाचार एजेन्सीले भनेको छ, ‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो ।’ वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ’ को प्रयोग गरिएको छ ।

चीनले तयार पारेको पहिलो कृत्रिम समाचार बाचक विश्वकै पहिलो भर्चुअल समाचार बाचक हो । यसलाई विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तर यो रोबोट होइन यसलाई तपाईले पनि भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ५१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने