बिचौलियालाई कार्यालय प्रवेशमा रोक! « Khabarhub

बिचौलियालाई कार्यालय प्रवेशमा रोक!


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो ।

सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । पण्डितका अनुसार कार्यालयले स्वच्छ खानेपानी, निःशुल्क इन्टरनेट, स्तानपानकक्ष, विश्रामस्थल, सेवाग्राहीलाई पङ्खाको व्यवस्था गरेको छ ।

“सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन फाराम कार्यालयबाट निःशुल्क उपलब्ध, सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई सुताउने झोलुङ्गो, महिला पुरुषका लागि छुट्टै शौचालय र अपाङ्गमैत्री कार्यालय बनाइएको छ’, उनले भने । उनका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ७ सय ४ नेपाली नागरिकता वितरण गरेको छ । वंशजको आधारमा १० हजार ५, प्रतिलिपि ५ हजार ६ सय ७९ र वैवाहिक अङ्गीकृत २० नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

उनका अनुसार ३ सय ८४ नाबालक परिचयपत्र वितरण, चार नागरिकता परित्याग र एक नागरिकता रद्द गरिएको छ । पेन्सन सिफारिस तीन हजार १ सय १९, आदिवासी जनजाति प्रमाणित एक हजार २ सय ४७, अन्य सिफारिस एक हजार १ सय ४, दलित प्रमाणित ४ सय ७१, नयाँ संस्था दर्ता १ सय ४९, नवीकरण संस्था ७ सय २७ र संस्था नवीकरण १ सय ६२ गरिएको छ ।

राहदानी दस्तुरबाट ३ करोड २२ लाख ५७ हजार, न्यायिक दण्डजरिवाना २५ लाख ४२ हजार २ सय ७१, संस्था दर्ता तथा नवीकरणबाट ११ लाख ३४ हजार २ सय ८०, परीक्षा दस्तुर १ लाख ३९ हजार ६ सय, हातहतियार नवीकरण ८५ हजार ३ सय ५५ र प्रशासनिक दण्ड जरिवाना ५ हजार गरी ३ करोड ६१ लाख ६३ हजार ५ सय ६ राजश्व सङ्कलन भएको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडैलले बताए।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ५१ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ