बिचौलियालाई कार्यालय प्रवेशमा रोक! | Khabarhub Khabarhub

बिचौलियालाई कार्यालय प्रवेशमा रोक!


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो ।

सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । पण्डितका अनुसार कार्यालयले स्वच्छ खानेपानी, निःशुल्क इन्टरनेट, स्तानपानकक्ष, विश्रामस्थल, सेवाग्राहीलाई पङ्खाको व्यवस्था गरेको छ ।

“सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन फाराम कार्यालयबाट निःशुल्क उपलब्ध, सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई सुताउने झोलुङ्गो, महिला पुरुषका लागि छुट्टै शौचालय र अपाङ्गमैत्री कार्यालय बनाइएको छ’, उनले भने । उनका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ७ सय ४ नेपाली नागरिकता वितरण गरेको छ । वंशजको आधारमा १० हजार ५, प्रतिलिपि ५ हजार ६ सय ७९ र वैवाहिक अङ्गीकृत २० नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

उनका अनुसार ३ सय ८४ नाबालक परिचयपत्र वितरण, चार नागरिकता परित्याग र एक नागरिकता रद्द गरिएको छ । पेन्सन सिफारिस तीन हजार १ सय १९, आदिवासी जनजाति प्रमाणित एक हजार २ सय ४७, अन्य सिफारिस एक हजार १ सय ४, दलित प्रमाणित ४ सय ७१, नयाँ संस्था दर्ता १ सय ४९, नवीकरण संस्था ७ सय २७ र संस्था नवीकरण १ सय ६२ गरिएको छ ।

राहदानी दस्तुरबाट ३ करोड २२ लाख ५७ हजार, न्यायिक दण्डजरिवाना २५ लाख ४२ हजार २ सय ७१, संस्था दर्ता तथा नवीकरणबाट ११ लाख ३४ हजार २ सय ८०, परीक्षा दस्तुर १ लाख ३९ हजार ६ सय, हातहतियार नवीकरण ८५ हजार ३ सय ५५ र प्रशासनिक दण्ड जरिवाना ५ हजार गरी ३ करोड ६१ लाख ६३ हजार ५ सय ६ राजश्व सङ्कलन भएको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडैलले बताए।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ५१ बजे

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँ– यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’