होटलमा यौनधन्दा गर्ने १० पक्राउ « Khabarhub

होटलमा यौनधन्दा गर्ने १० पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ ।

सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ परेकाहरु विरुद्ध कानूनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।

यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न होटलबाट यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तर पक्राउ परेलगत्तै छुट्ने हुँदा यस्ता गतिविधि नियन्त्रण नभएको सरोकार भएकाहरु बताउँछन् । विशेषगरी जिल्लाको सुनवल, भूमही, बर्दघाटलगायतका स्थानमा सञ्चालनमा रहेका होटलमा यस्तो धन्दा बढेको बताइएको छ । सदरमुकाम परासीमा पनि केही होटलमा अवैधरूपमा यस्ता गतिविधि हुने गरेको स्थानीयवासी बताउँछन् ।

धेरै होटलले काम गर्न भनेर राख्ने तर यौनधन्दा गर्न बाध्य पार्ने गरेका छन् भने कतिपय युवती बढी पैसाको प्रलोभनमा परेर यस्तो धन्दामा फस्ने गरेको प्रहरीको अनुसन्धानले बताएको छ । प्रहरीले यस्ता क्रियाकलाप निस्तेज पार्न सक्रियताका साथ लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ३० बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा