विमानस्थलमा कार्यरत प्रहरीलाई चिनियाँ र फेन्च भाषाको तालिम « Khabarhub

विमानस्थलमा कार्यरत प्रहरीलाई चिनियाँ र फेन्च भाषाको तालिम


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको तालिम दिइएको छ ।

विमानस्थलमा सुरक्षार्थ खटिएका केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी र पर्यटक प्रहरीलगायत प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको तालिम दिइएको हो ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आयोजना गरेको तालिममा प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको प्रारम्भिक ज्ञान प्रदान गरिएको जनाइएको छ ।

तालिम साउन ६ र ७ गते गरी २ दिन चलेको हो । तालिममा नेपाल भ्रमणमा आउने चिनियाँ तथा फेन्च भाषी पर्यटक पर्नसक्ने सम्भावित समस्या र त्यसको समाधानका लागि प्रहरी कर्मचारीले गर्न सक्ने सहयोगका बारेमा समेत प्रशिक्षण दिइएको जनाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालित तालिम कार्यक्रममा सेवाग्राही (यात्रु) समक्ष सम्भ, सिष्ट र नम्र व्यवहार प्रस्तुत गर्ने विषयमा पनि प्रशिक्षण दिइएको विमानस्थ सुरक्षा कार्यालयले जनाएको छ ।

तालिम कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको चिनियाँ विभागका विष्णु कुमार थापा, चाइनिज नेपाली ट्रेडिसनल चाइजिन मेडिसिन हस्पिटलका डा. प्रज्वल पापकोटा र सिर्जना रिमाल, सुरक्षा सेवा (फ्रेन्च भाषा) निर्देशनालयका प्रहरी नायव निरीक्षक प्रकाश शाक्य र विमानस्थलमा रहेको पर्यटक प्रहरीकी प्रहरी नायव निरीक्षक चित्रकला थापाले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ५६ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै