पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदै गृह मन्त्रालय « Khabarhub

पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदै गृह मन्त्रालय


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले पूर्व गृहमन्त्रीका लागि खटाएका सुरक्षाकर्मी फिर्ता बोलाउने भएको छ ।

सुरक्षा खतरा मूल्याङ्कन गरी सुरक्षा खतरा नभएका पूर्व गृहमन्त्रीसँग रहेका फिर्ता बोलाइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

मंगलबार गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहसचिव राईले सबै पूर्व गृहमन्त्रीको सुरक्षामा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाउने तयारी भएको जानकारी दिए ।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई आवश्यक मूल्याङ्कनका आधारमा अहिले पनि फिर्ता बोलाउने काम जारी रहेको र यो कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने राईको भनाइ छ ।

केही पूर्वगृहमन्त्रीलाई सुरक्षा चुनौती नरहेको अवस्थामा पनि सुरक्षाकर्मी परिचालन उल्लेख गर्दै गृहसचिव राईले सुरक्षा चुनौती नभएका विशिष्ट व्यक्ति र पूर्वगृहमन्त्रीसँग रहेका सुरक्षाकर्मी फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : २७ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर