प्रधानमन्त्री ओलीले दिए राप्ती प्रतिष्ठानका पदाधिकारीलाई कारवाहीको चेतावनी « Khabarhub

प्रधानमन्त्री ओलीले दिए राप्ती प्रतिष्ठानका पदाधिकारीलाई कारवाहीको चेतावनी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन सञ्चार माध्यमहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए ।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई नबुझाई उक्त प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै यस्तो कार्य सैह्य नहुने स्पष्ट पारे । ‘यो छानविन समिति हो कि, राजनीतिक ?,’ छानविन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् । उनले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न सचेत गराएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : ५२ बजे

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई