महानगरबासीलाई असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट « Khabarhub

महानगरबासीलाई असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ कार्यालयमा अहिले दैनिक औसतमा २ सय जना सेवाग्राही आउने गरेका छन् ।

महानगरले लिने स्थानीय कर शीर्षकमध्ये सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुट प्रदान गरिएकोले महानगरका सबै वडामा अहिले करदाताको भीड हुने गरेको छ ।

सम्पत्ति करमा दिइएको छुटसँगै यस बर्ष करको दायरा बढाउने उद्देश्यले विगत बर्षमा कर वापतको बक्यौता रकममा जरिवाना नलिने निर्णय गरिएको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ भन्छन्, ‘अरुबेला औसत दैनिक सय जना सेवाग्राही सेवा लिन वडामा आउने गर्थे तर साउन लागेदेखि महानगरले दिएको कर छुटका कारण सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ ।’

उनकाअनुसार अहिले करदाताबाहेक जग्गा विवाद, लेनदेनका उजुरी र घरायसी विवाद बोकेर आउने सेवाग्राहीको संख्या पनि उल्लेख्य रहेको छ ।

‘अहिले वडाले वकिलको काम पनि गर्ने र प्रहरीको काम पनि गर्ने गरेको छ’ वडाध्यक्षले कार्यक्षेत्र बारे अनुभव सुनाए ।

वडाले साउनको २० गतेपछि भौतिक पूर्वाधारका काम थाल्ने भएको छ । ‘अहिले महानगरबाट निकासा आएको छैन’ वडाअध्यक्षले भने ‘जनताबाट आएका विकासका निवेदन बटुलेर राखेका छौं, बजेट निकासा भएपछि काम थाल्छौँ ।’

यस वडामा करीब १० हजार घरधुरी छन् भने स्थायी र अस्थायी गरी करीब ९० हजार व्यक्ति बसोबास गर्छन् ।

करछुट सम्बन्धी केही व्यवस्था

महानगरले यस बर्ष करको दरमा वृद्धि गरेको छैन । करको दायरा बढाउने उद्देश्यले बक्यौता हुने करदातालाई जरिवाना छुट गरेको छ । राजस्व विभागका प्रमुख न्यौपानेका अनुसार ‘क बर्ग’ का भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको छ ।

त्यस्तै यदि कसैले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङ्का लागि स्थान उपलब्ध गराउँछ भने उसलाई सम्पत्ति करमा लाग्ने कर ५ बर्षका लागि छुट हुने व्यवस्था गरिएको छ ।

बहाल करबाट बार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिइएको छ । नयाँ घर बनाउँदा कसैले परम्परागत शैली अवलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

धारा, बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा सिफारिस दिने निर्णय गरिएको छ । अन्यका लागि यो सिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : १६ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका