महानगरबासीलाई असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट « Khabarhub

महानगरबासीलाई असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ कार्यालयमा अहिले दैनिक औसतमा २ सय जना सेवाग्राही आउने गरेका छन् ।

महानगरले लिने स्थानीय कर शीर्षकमध्ये सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुट प्रदान गरिएकोले महानगरका सबै वडामा अहिले करदाताको भीड हुने गरेको छ ।

सम्पत्ति करमा दिइएको छुटसँगै यस बर्ष करको दायरा बढाउने उद्देश्यले विगत बर्षमा कर वापतको बक्यौता रकममा जरिवाना नलिने निर्णय गरिएको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ भन्छन्, ‘अरुबेला औसत दैनिक सय जना सेवाग्राही सेवा लिन वडामा आउने गर्थे तर साउन लागेदेखि महानगरले दिएको कर छुटका कारण सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ ।’

उनकाअनुसार अहिले करदाताबाहेक जग्गा विवाद, लेनदेनका उजुरी र घरायसी विवाद बोकेर आउने सेवाग्राहीको संख्या पनि उल्लेख्य रहेको छ ।

‘अहिले वडाले वकिलको काम पनि गर्ने र प्रहरीको काम पनि गर्ने गरेको छ’ वडाध्यक्षले कार्यक्षेत्र बारे अनुभव सुनाए ।

वडाले साउनको २० गतेपछि भौतिक पूर्वाधारका काम थाल्ने भएको छ । ‘अहिले महानगरबाट निकासा आएको छैन’ वडाअध्यक्षले भने ‘जनताबाट आएका विकासका निवेदन बटुलेर राखेका छौं, बजेट निकासा भएपछि काम थाल्छौँ ।’

यस वडामा करीब १० हजार घरधुरी छन् भने स्थायी र अस्थायी गरी करीब ९० हजार व्यक्ति बसोबास गर्छन् ।

करछुट सम्बन्धी केही व्यवस्था

महानगरले यस बर्ष करको दरमा वृद्धि गरेको छैन । करको दायरा बढाउने उद्देश्यले बक्यौता हुने करदातालाई जरिवाना छुट गरेको छ । राजस्व विभागका प्रमुख न्यौपानेका अनुसार ‘क बर्ग’ का भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको छ ।

त्यस्तै यदि कसैले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङ्का लागि स्थान उपलब्ध गराउँछ भने उसलाई सम्पत्ति करमा लाग्ने कर ५ बर्षका लागि छुट हुने व्यवस्था गरिएको छ ।

बहाल करबाट बार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिइएको छ । नयाँ घर बनाउँदा कसैले परम्परागत शैली अवलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

धारा, बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा सिफारिस दिने निर्णय गरिएको छ । अन्यका लागि यो सिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : १६ बजे

२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली

काठमाडौं– आइतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज

मस्कोको पक्ष झुकेको अमेरिकी शान्ति योजनामाथि युक्रेनका सहयोगीको कूटनीतिक दबाब

किएभ– युक्रेनका प्रमुख पश्चिमी सहयोगी राष्ट्रहरूले शनिबार राजधानी वरिपरि भेला

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

तिलोत्तमा– तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा