लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छः अर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

लेखापरीक्षण प्रतिवेदन वास्तविक हुनुपर्छः अर्थमन्त्री खतिवडा


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् ।

वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनुपर्ने अपरिहार्यता औँल्याए ।  नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान) ले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनै पनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताए ।

“बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गरे ।

मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताए ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आइक्यानले समेत कर तिर्नुपर्ने व्यवस्था भएकामा सरकारको ध्यानाकर्षण गराउँदै गैरनाफामूलक संस्था करको दायरमा परेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर