बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली नागरिक पक्राउ | Khabarhub Khabarhub

बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली नागरिक पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले म‌ंगलबार एक अष्ट्रेलियालीलाई पक्राउ गरेको छ ।

विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सिआइवीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा ६३ वर्षीय बेरिम्यान थोमस अल्फ्रेड रहेका छन् । उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र सोही कोठाबाट पनि दुई बालकको उद्धार गरिएको सिआइवीले जनाएको छ ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुरअन्तर्गतको मुद्दामा आजै कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सिआइवीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)