मैत्रिपूर्ण फुटबलका लागि नेपाली फुटबल टोली आज मलेसिया जाँदै « Khabarhub

मैत्रिपूर्ण फुटबलका लागि नेपाली फुटबल टोली आज मलेसिया जाँदै


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) मलेसिया जाने भएको छ । मलेसियाको जोहार डारुल टाजिम एफसीसँग मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो ।

मलेसियाको सुपर लिग विजेता टोली जोहारसँग मैत्रिपूर्ण फुटबल खेल्न नेपाली टोली शुक्रबार मलेसिया जाने अखिल फुटबल संघ (एन्फा) ले जनाएको छ । मलेसिया मैत्रिपूर्ण फुटबल खेल्न जान लागेको नेपाली टोलीमा महत्वपूर्ण खेलाडी रोहित चन्द, गोलकिपर किरण चेमजोङ र नियमीत कप्तान विराज महर्जन टोलीमा छैनन् ।

मलेसियाली क्लबसँगको मैत्रिपूर्ण खेललाई कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका रुपमा हेरिएको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे छन् ।

नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रञ्जित धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद