मैत्रिपूर्ण फुटबलका लागि नेपाली फुटबल टोली आज मलेसिया जाँदै « Khabarhub

मैत्रिपूर्ण फुटबलका लागि नेपाली फुटबल टोली आज मलेसिया जाँदै


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) मलेसिया जाने भएको छ । मलेसियाको जोहार डारुल टाजिम एफसीसँग मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो ।

मलेसियाको सुपर लिग विजेता टोली जोहारसँग मैत्रिपूर्ण फुटबल खेल्न नेपाली टोली शुक्रबार मलेसिया जाने अखिल फुटबल संघ (एन्फा) ले जनाएको छ । मलेसिया मैत्रिपूर्ण फुटबल खेल्न जान लागेको नेपाली टोलीमा महत्वपूर्ण खेलाडी रोहित चन्द, गोलकिपर किरण चेमजोङ र नियमीत कप्तान विराज महर्जन टोलीमा छैनन् ।

मलेसियाली क्लबसँगको मैत्रिपूर्ण खेललाई कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका रुपमा हेरिएको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे छन् ।

नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रञ्जित धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको