सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला « Khabarhub

सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघीयतामाथि खतरा बढेको बताएका छन्।

केही दिन अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई लक्षित गर्दै डा कोइरालाले भने, ‘पूर्व राजा र विप्लव समूहबाट गणतन्त्रमाथी खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ, यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पूर्व राजा र विप्लव समूहबाट ? खतरा त तपाईहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’

विप्लव समूहसँग वार्ता गरेर राजनीतिक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउँदै डा कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीतिक यथास्थिति र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा शेखरले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यस्थाको विकल्प खोज्नेतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी समेत दिए।

मन्चमा रहेका कम्युनिष्ट नेताहरुप्रति लक्षित गर्दै कोइरालाले भने, ‘संसदीय व्यवस्था विरुद्धको लडाईमा लाग्नुहून्छ भने यो व्यवस्था जोगाउँन हामी जस्तोसुकै लडाई लड्न पनि तयार छौं ।’

कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्माले मानव अधिकारको अवस्था अत्यन्तै नाजूक रहेको बताए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, पूर्व सांसद एकराज भण्डारी, पत्रकार एवं वाम विष्लेषक नरेन्द्रजंग पिटर लगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : १० बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल