सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला | Khabarhub Khabarhub

सत्तामा बसेकाहरुबाटै गणतन्त्र र संघीयतामाथि खतराः डा. शेखर कोइराला


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघीयतामाथि खतरा बढेको बताएका छन्।

केही दिन अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई लक्षित गर्दै डा कोइरालाले भने, ‘पूर्व राजा र विप्लव समूहबाट गणतन्त्रमाथी खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ, यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पूर्व राजा र विप्लव समूहबाट ? खतरा त तपाईहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’

विप्लव समूहसँग वार्ता गरेर राजनीतिक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउँदै डा कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीतिक यथास्थिति र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा शेखरले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यस्थाको विकल्प खोज्नेतर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी समेत दिए।

मन्चमा रहेका कम्युनिष्ट नेताहरुप्रति लक्षित गर्दै कोइरालाले भने, ‘संसदीय व्यवस्था विरुद्धको लडाईमा लाग्नुहून्छ भने यो व्यवस्था जोगाउँन हामी जस्तोसुकै लडाई लड्न पनि तयार छौं ।’

कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्माले मानव अधिकारको अवस्था अत्यन्तै नाजूक रहेको बताए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, पूर्व सांसद एकराज भण्डारी, पत्रकार एवं वाम विष्लेषक नरेन्द्रजंग पिटर लगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : १० बजे

जलजलामा गाई संरक्षण अभियान, गोबर र गहुँतबाट आम्दानी

पर्वत–जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको

‘कछुवा गति’ मा बन्दै पूर्व-पश्चिम रेल : यही पाराले डेढसय वर्ष लाग्न के बेर ?

काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइरहेको पूर्व–पश्चिम विद्युतीय

माओवादीलाई एमालेको सुझाव- शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउनुस्

काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने

गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६

पोखरीमा डुबेर दुई जनाको मृत्यु

महोत्तरी– मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ