सशस्त्र प्रहरी बलद्वारा १२ सय २२ पिन्ट रगत संकलन « Khabarhub

सशस्त्र प्रहरी बलद्वारा १२ सय २२ पिन्ट रगत संकलन


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले शुक्रबार मुलुकभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी ऐन जारी भएको अवसर पारेर सशस्त्र प्रहरी बलले मुलुकभर शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बलको प्रधान कार्यालय लगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा सबै ठाउँमा गरी करीब १२ सय २२ पिन्ट रगत संकलन भएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरे । विगतमा रगतको अभावमा बिरामीले सास्ती व्यहोर्नु परेको अवस्था समेत रहेको यथार्थ स्मरण गर्नुहुँदै केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकियो भने त्यो नै सवैभन्दा ठूलो सेवा हुने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ६ : ५३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था