रवि लामिछानेको समर्थनमा नायिका निताले भनिन्, ‘चितवन गएरै आन्दोलन गर्छु’ « Khabarhub

रवि लामिछानेको समर्थनमा नायिका निताले भनिन्, ‘चितवन गएरै आन्दोलन गर्छु’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा नायिका निता ढुंगानाले चितवनमा आन्दोलन चर्काउन जाने बताएकी छिन् ।

उनले रविको समर्थमा उित्रएको भीडलाई लिएर रविको समर्थनलाई नभएर रविको कामलाई समर्थन गरेको जनाएकी छिन् ।  उनले जालझेलमा निर्दोष व्यक्तिलाई फसाइयो भन्ने ‘प्रुफ’ वा केही संकेत मात्र मिल्यो भने भोलि म चितवन नै गएर जुलुस उठाउँछु ।

हिरासतमा रहेका रवीको अविलम्ब रिहाईको माग राख्दै उनले प्रहरीविरुद्ध आक्रोश पोखेकी छिन् । रविका विषमा कलाकारहरु पनि दुई कित्तामा बाडिएका छन् ।

कसैले रवीको समर्थन गरेका छन् भने कसैले रविको विरोध नगरी शालिकरामले न्याय पाउनुपर्ने माग राखेका छन् । शुक्रबार नै नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रवि लामिछानेलाई भेट्न चितवन पुगेका थिए ।

उनीहरुले सत्यको सधैँ जित हुने भन्दै रविले न्याय पाउने विश्वास व्यक्त गरे । त्यस्तै नायक पुष्पल खड्काले रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा भएको बताएका थिए।

‘रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा हुन्’ खड्काले भने, ‘उहाँहरुले सरकार र राजनीतिज्ञले गर्न नसकेको धेरै काम गर्नुभएको छ ।’

घटनालाई लिएर एकथरीले रविलाई व्यक्तिगत रिसिईबी साँध्नको लागि फसाउने प्रपञ्च रचिएको र सोहीअनुसार षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घटनाको अनुसन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ०७ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि