सन्दीपको आजको खेलले जित्ला प्रशंसकको मन? « Khabarhub

सन्दीपको आजको खेलले जित्ला प्रशंसकको मन?


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामछाने आज (शनिबार) दोस्रो खेल क्वेटा ग्लाडियर्टसविरुद्ध खेल्ने भएका छन् ।

दुबईको सारजहा क्रिकेट मैदानमा हुन खेलमा सन्दीपको टीम लाहोरले ग्लाडियटैर्सविरुद्ध सवा ५ बजे खेल्नेछन् ।

योसँगै सन्दीपको पीएसएलमा दोस्रो खेल हुनेछ । यसअघि उनले मुल्तान सुल्तानविरुद्ध खेल्दै पीएसएलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा सन्दीपले रनमा नियन्त्रण गर्न नसक्दा ४६ रन खर्चे पनि ३ विकेट लिन सफल भएका थिए ।

पहिलो खेलमा सुल्तानविरुद्ध खेलेका सन्दीप आजको खेलमा प्लेइङ सेटमा पर्लान? भन्ने जिज्ञासा आम नेपाली क्रिकेट प्रशंसकको छ ।

लिगमा ४ खेल खेलिसकेको लाहोरले २ खेलमा जीत हासिल गरेसँगै ४ अंकसहित लिगको चौथो स्थानमा छ । यस्तै, ग्लाडियटर्सले खेलेको तीनै खेलमा जीत निकाल्दै ६ अंक सहित शीर्ष स्थानमा छ ।

विश्वका ठूल्ठूला फ्रेन्चाईज लिगहरुमा आफ्नो उपस्थिती बलिायो बनाइरहेका सन्दीपले २०१८ को आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनलाई यो वर्ष पनि दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन गएिको) ले रिटेन गरिसकेको छ ।

यसै रिजनमा सन्दीपले अस्ट्रेलियाको प्रतिष्ठित ट्वान्टी २० लिग बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ५० बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री