एक वर्षमा चौध गैंडाको उद्धार « Khabarhub

एक वर्षमा चौध गैंडाको उद्धार


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ ।

मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको उद्धार गरी निकुन्जको मुख्य क्षेत्रमा छाडिएको हो । निकुञ्जको पश्चिम सेक्टरबाट बस्तीमा निस्केका र बाढीले बगाएका चार गैँडाको उद्धार गरेर निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो । भरतपुर र माडीमा मानव बस्तीमा निरन्तर पस्न थालेपछि र धनजनको क्षति गर्न थालेपछि नियन्त्रणमा लिइएको हो । सुस्ताबाट बाढीले बगाएको गैँडालाई उद्धार गरी कसारा क्षेत्रमा छाडिएको थियो ।

“निकुञ्जको पूर्वी सेक्टरमा भन्दा पश्चिम सेक्टरमा गैँडा धेरै भेटिएको छ”, उनले भने “त्रिवेणीभन्दा माथि भएका गैँडालाई पूर्वी क्षेत्रमा सार्ने योजना बनाएका छौँ ।” यस वर्ष हुने गैँडा गणनापश्चात विभाग र प्राविधिकको सल्लाहअनुसार गैँडा सार्ने काम गरिने उनको भनाइ छ ।

हालको गैँडाको सङ्ख्यालाई आधार मान्ने हो भने अहिले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा सार्नु जरुरी देखिएको निकुञ्जले जनाएको छ । “कुनै पनि संरक्षित क्षेत्रको वन्यजन्तु सङ्ख्या धान्न सक्ने क्षमता (केरिङ क्यापासिटी) हुन्छ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले भने, “पूर्वभन्दा पश्चिम सेक्टरमा धेरै गैँडा छन् ।” उनले बाढीका कारण पूर्वी क्षेत्रबाट बगाएर ल्याएका गैँडाको सङ्ख्या पश्चिम क्षेत्रमा बढेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : २४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत