सुनको टुक्रा हामीसँगै छ, मात्र सोच बदलौंः अध्यक्ष प्रचण्ड « Khabarhub

सुनको टुक्रा हामीसँगै छ, मात्र सोच बदलौंः अध्यक्ष प्रचण्ड


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेशमै युवा रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली युवा विदेशिएको परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको बताउँदै अब विदेश पलायनको अवस्था निमिट्यान्न पार्नुपर्ने बताएका हुन् ।

उनले समूह, सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके स्वदेशमै विदेश पलायन हुने युवा श्रमशक्ति खपत हुने बताए । यसबाट उत्पादकत्व वृद्धि हुनुकासाथै रोजगारीका अवसर सिर्जना हुने बताए।

उनले खाडी मुलुक गएर नेपालीहरूले धेरै दुख गरेको प्रसंग जोड्दै स्वदेशमै  संघर्ष गरे देश आत्मनिर्भर बन्नेमा कुनै द्विविधा नरहने तर्क गरे । उनले भने, ‘शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्न अब राज्यले नेतृत्व लिनुपर्छ ।’ उनले थपे,‘सुनको टुक्रा हामीसँग छ। मात्र सोच बदल्नु जरुरी छ । यसका लागि नेतृत्व राज्यले नै लिनुपर्छ।’

उनले विभिन्न विकासशील राष्ट्रको प्रसंग जोड्दै कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान बढाउन सके मात्र केहीहदसम्म बाध्यताको वैदेशिक रोजगारीमा कमी आउने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : १९ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर