जितिया पर्वको व्रत बसेकी वृद्धाको मृत्यु « Khabarhub

जितिया पर्वको व्रत बसेकी वृद्धाको मृत्यु


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए ।

यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने (टुट्ने) मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको वडाध्यक्ष रायले बताए ।

शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी ती वृद्धाले आइतबारसम्म बस्न सकिनन् भने उनलाई खानेकुरा वा पानी पनि खानभन्दा खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो ।

यस वर्षको जितिया पर्वमा शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम रहेको थियो ।

मृतक वृद्धाको दुई छोरा रहेकोमा एउटा छोरा रोजगारीको क्रममा नेपालमै भैरहवा बस्दै गरेको र अर्को भारतको राजधानी दिल्ली बस्दै गरेको आइतबार उनीहरु घर आउन सकेनन् भने आज उनीहरु आउनासाथ उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ५१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले