युक्रेनी समकक्षीसँगको फोनबार्ता ट्रम्पलाई महाभियोगको आधार बन्ने खतरा « Khabarhub

युक्रेनी समकक्षीसँगको फोनबार्ता ट्रम्पलाई महाभियोगको आधार बन्ने खतरा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको संसदीय समितिका अध्यक्षले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षीसँग गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन्।

हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिको नेतृत्व गर्ने एडम शिफले सीएनएनसँग कुरा सो टेलिफोन वार्ता महाअधियोगको आधार बन्न सक्ने बताएका हुन् ।

संसदीय समितिका अध्यक्ष शिफका अनुसार यदि राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी नेतालाई दबाव दिने प्रयास गरेका हुन् भने महाभियोग हुने उनले दाबी गरे ।

उनले राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको संवादका विषयवस्तु सार्वजनिक गर्न दबाव दिँदै आएका छन्। यसअघि ट्रम्पले सो विषयमा आफूविरुद्ध परेको उजुरी राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका थिए।

गत जुलाईमा राष्ट्रपति ट्रम्पले फोनमा युक्रेनी राष्ट्रपतिलाई डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्ग्रिमा रहेका जो बाइडनका छोरामाथि पुनस् छानबिन गर्न दबाव दिएको समाचारहरूमा जनाइएको थियो।

हन्टर बाइडनले बराक ओबामाको सरकारमा आफ्ना बुवा उपराष्ट्रपति छँदा एउटा ऊर्जा कम्पनीको कामको सिलसिलामा युक्रेनमा केही समय बिताएका थिए। बुवा बाइडनले छोराको कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका त्यहाँका एक अभियोजनकर्तालाई पदमुक्त नगरे युक्रेनलाई अमेरिकाले दिने सहायता रोक्ने चेतावनी दिएका थिए।

अभियोजनकर्ता भ्रष्टाचारमा संलग्न भएको आशङ्का गरिएको थियो। तर अनुसन्धानले कुनै अनुचित काम भएको प्रमाण फेला पार्न सकेन। राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग गरिएको कुराकानीमा जो बाइडनको नाम लिएको स्वीकार गरेका छन्। उनले आफूसँग प्रत्येक काम गर्ने अधिकार रहेको दाबी गरे।

तर ट्रम्पले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै बाइडनले छानबिनको माग गरेका छन्। अमेरिकी जनताले आफैँ छुट्याउन सकून् भनेर फोनवार्ताको लिखित बेहोरा तत्काल सार्वजनिक गर्न उनले राष्ट्रपति ट्रम्पलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ०२ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट