युक्रेनी समकक्षीसँगको फोनबार्ता ट्रम्पलाई महाभियोगको आधार बन्ने खतरा « Khabarhub

युक्रेनी समकक्षीसँगको फोनबार्ता ट्रम्पलाई महाभियोगको आधार बन्ने खतरा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको संसदीय समितिका अध्यक्षले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षीसँग गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन्।

हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिको नेतृत्व गर्ने एडम शिफले सीएनएनसँग कुरा सो टेलिफोन वार्ता महाअधियोगको आधार बन्न सक्ने बताएका हुन् ।

संसदीय समितिका अध्यक्ष शिफका अनुसार यदि राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी नेतालाई दबाव दिने प्रयास गरेका हुन् भने महाभियोग हुने उनले दाबी गरे ।

उनले राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको संवादका विषयवस्तु सार्वजनिक गर्न दबाव दिँदै आएका छन्। यसअघि ट्रम्पले सो विषयमा आफूविरुद्ध परेको उजुरी राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका थिए।

गत जुलाईमा राष्ट्रपति ट्रम्पले फोनमा युक्रेनी राष्ट्रपतिलाई डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्ग्रिमा रहेका जो बाइडनका छोरामाथि पुनस् छानबिन गर्न दबाव दिएको समाचारहरूमा जनाइएको थियो।

हन्टर बाइडनले बराक ओबामाको सरकारमा आफ्ना बुवा उपराष्ट्रपति छँदा एउटा ऊर्जा कम्पनीको कामको सिलसिलामा युक्रेनमा केही समय बिताएका थिए। बुवा बाइडनले छोराको कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका त्यहाँका एक अभियोजनकर्तालाई पदमुक्त नगरे युक्रेनलाई अमेरिकाले दिने सहायता रोक्ने चेतावनी दिएका थिए।

अभियोजनकर्ता भ्रष्टाचारमा संलग्न भएको आशङ्का गरिएको थियो। तर अनुसन्धानले कुनै अनुचित काम भएको प्रमाण फेला पार्न सकेन। राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग गरिएको कुराकानीमा जो बाइडनको नाम लिएको स्वीकार गरेका छन्। उनले आफूसँग प्रत्येक काम गर्ने अधिकार रहेको दाबी गरे।

तर ट्रम्पले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै बाइडनले छानबिनको माग गरेका छन्। अमेरिकी जनताले आफैँ छुट्याउन सकून् भनेर फोनवार्ताको लिखित बेहोरा तत्काल सार्वजनिक गर्न उनले राष्ट्रपति ट्रम्पलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ०२ बजे

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका