एक सय ५७ कैदी एकै पटक बिरामी | Khabarhub Khabarhub

एक सय ५७ कैदी एकै पटक बिरामी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम–इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए ।

“एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भने, “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।”

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । “शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो ।” श्रेष्ठले भने “अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।”

कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउँछन् । “कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ”, उनले भने, “२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।”

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ३८ बजे

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सङ्घीयता संवाद : गण्डकीको बजेट जनतालाई कि कार्यकर्तालाई ?

पोखरा– गण्डकी प्रदेशसभाले भर्खरै बजेट पारित गरेको छ । तर

नाटकीय खेलमा इङ्गल्यान्डले जित्यो उपाधि

काठमाडौं – इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ ।

परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले