प्रचण्डको प्रश्न– पदका लागि हामी निरंकुशतावादी जस्तै त भएका छैनौं ? | Khabarhub Khabarhub

प्रचण्डको प्रश्न– पदका लागि हामी निरंकुशतावादी जस्तै त भएका छैनौं ?


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् ।

निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहिले आएर पद, प्रतिष्ठाका लागि हिजोका निरंकुशतावादीजस्तै भन्दै गएको पनि प्रचण्डले टिप्पणी गरे ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित दिवंगत कम्युनिस्ट नेतृ तथा पूर्व मन्त्री सहाना प्रधानको ५ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि विचार, आदर्श र निष्टाबाट विस्तारै स्खलित भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

‘सत्तामा पुगेपछि हामीहरु कम्युनिस्ट विचार, आदर्श र निष्टाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ,’ प्रचण्डले भने, ‘नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टै जस्ता छौं त अहिले ?’

व्यक्तिगत जीवनका शुख सुविधाहरुलाई त्यागेर जेल, नेलसहितको कष्टकर जीवन व्यतित गर्न रमाउने कम्युनिस्टहरु अहिले सुविधाभोगी बन्दै गएकोप्रति पनि प्रचण्डले चिन्ता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले अब विचार, राजनीति, रणनीति तथा संगठनात्मक जीवन पद्दति के हुने भन्नेमा स्पष्ट हुनु पर्ने उल्लेख गरे ।

‘भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौं । तर, के हामीले समाजवादको यात्रा शुरु गर्ने योद्धा जस्तै छौं त हामी ?’ प्रचण्डले भने, ‘या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता, या विस्तारै विस्तारै हिजोका निरंकुशतावादीको जस्तै जस्तै त बनेका छैनौं ?’

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : ३९ बजे

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।