प्रचण्डको प्रश्न– पदका लागि हामी निरंकुशतावादी जस्तै त भएका छैनौं ? « Khabarhub

प्रचण्डको प्रश्न– पदका लागि हामी निरंकुशतावादी जस्तै त भएका छैनौं ?


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् ।

निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहिले आएर पद, प्रतिष्ठाका लागि हिजोका निरंकुशतावादीजस्तै भन्दै गएको पनि प्रचण्डले टिप्पणी गरे ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित दिवंगत कम्युनिस्ट नेतृ तथा पूर्व मन्त्री सहाना प्रधानको ५ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि विचार, आदर्श र निष्टाबाट विस्तारै स्खलित भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

‘सत्तामा पुगेपछि हामीहरु कम्युनिस्ट विचार, आदर्श र निष्टाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ,’ प्रचण्डले भने, ‘नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टै जस्ता छौं त अहिले ?’

व्यक्तिगत जीवनका शुख सुविधाहरुलाई त्यागेर जेल, नेलसहितको कष्टकर जीवन व्यतित गर्न रमाउने कम्युनिस्टहरु अहिले सुविधाभोगी बन्दै गएकोप्रति पनि प्रचण्डले चिन्ता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले अब विचार, राजनीति, रणनीति तथा संगठनात्मक जीवन पद्दति के हुने भन्नेमा स्पष्ट हुनु पर्ने उल्लेख गरे ।

‘भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौं । तर, के हामीले समाजवादको यात्रा शुरु गर्ने योद्धा जस्तै छौं त हामी ?’ प्रचण्डले भने, ‘या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता, या विस्तारै विस्तारै हिजोका निरंकुशतावादीको जस्तै जस्तै त बनेका छैनौं ?’

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : ३९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए