९.९ मेगावाटको इवाखोला जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा « Khabarhub

९.९ मेगावाटको इवाखोला जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवर्द्धक  कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महिना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए ।

१ मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ । हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पुर्‍याइएको छ । त्यहाँबाट ५ किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

आयोजनाले विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवर्द्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् । आयोजना कूल रु एक अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : २० बजे

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन