चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा | Khabarhub Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोङ ताओलाई नेकपाको पार्टी स्कूल विभागका उपप्रमुख घनश्याम भुषाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन् ।

नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा सोङ नेपाल आएको रिजालले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सि चनि फिङको आशन्न नेपाल भ्रमणको तयारीका साथै उनी नेपाल कम्युनिस्ट पार्टीसँग हुन लागेको अन्तरक्रियामा सहभागी हुन नेपाल आएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन अन्य ४० जना चिनियाँ काठमाडौं आइसकेका छन् ।

काठमाडौंको होटल याक एन्ड यतिमा असोज ६ र ७ गते हुने कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने कार्यक्रम रहेको जनाइएको छ ।

विदेश विभाग प्रमुखसोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ०० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका