अपरिचित व्यक्तिले गोली चलाउँदा सप्तरीमा १ जना घाइते | Khabarhub Khabarhub

अपरिचित व्यक्तिले गोली चलाउँदा सप्तरीमा १ जना घाइते


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् ।

स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि गोली प्रहार भएको थियो ।

भारती नम्बर प्लेटेको मोटरसाइकलमा आएका २ जनाले विष्टमाथि २ राउण्ड गोली प्रहार गरेका थिए ।

१ राउण्ड गोली मिस फायर भएको र १ राृउण्ड गोली लागेर विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोली लागेर घाइते भएका विष्टको सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान ९ एमएमको गोलीको खोका र मिस फाइर भएको अर्को ९ एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको भने खोजी भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ५१ बजे

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु ३ अर्ब नजिक, भौतिक पूर्वाधार मन्त्रालयमा बढी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम झण्डै तीन अर्ब पुगेको

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रे– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित

काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सीप मेला २०८२ का लागि आवेदन