नेपाल इन्भेष्टमेन्ट बैंक र इसेवाबीच अनलाईन भुक्तानी सम्झौता « Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक र इसेवाबीच अनलाईन भुक्तानी सम्झौता


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधैँ बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज तथा बसको टिकट, विद्यालय-क्याम्पस को शुल्क भुक्तानी, होटल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।

पछिल्लो समयमा इसेवाले ‘क्युआर’ कोडमार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्थासमेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोडमार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

इसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगिसकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका इसेवाका ६० हजारभन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दा बढिले इसेवाका सेवाहरु लिइरहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्नो सेवा पुर्‍याउँदै आएको छ ।

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत बैंक सम्मानित भइसकेको छ ।

यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : २५ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना