जयललिताको बायोपिकका लागि कंगनाले थालिन् कडा मेहनत « Khabarhub

जयललिताको बायोपिकका लागि कंगनाले थालिन् कडा मेहनत


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड क्वीन कंगना रनावतले आफ्ना हरेक फिल्मका भूमिकालाई निकै मेहनतका साथ निभाउने गर्छिन् । उनले आफ्नो भूमिकालाई अझ वास्तविक बनाउन कुनै कसर बाँकी छोड्दिनन् ।

यतिबेला कंगना आफ्नो फिल्म ‘थलाइवी’ को तयारीमा छिन् । फिल्ममा उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको भूमिका निभाउने छिन् ।

यो फिल्मको घोषणाको समयदेखि नै कंगना आफ्नो लूकका कारण चर्चामा थिइन् । फिल्ममा कंगनालाई ४ अलग–अलग लूकमा देख्न सकिनेछ । जसका लागि कंगनालाई फरक खालको मेकअपको पनि आवश्यकता पर्नेछ । यसै सिलसिलामा कंगनाका केही तस्वीर बाहिरिएका छन् ।

तस्वीर हेर्दा अन्दाज लगाउन सकिन्छ, कंगनाले यो फिल्मका लागि कडा मेहनत गरेकी छिन् । मेकअप यस्तो गरिएको छ कि, उनलाई सास फेर्न पनि गाह्रो हुने देखिन्छ ।

फिल्म लूक सार्वजनिक गर्दै कंगनाले भनेकी छिन्, ‘मेरो हिसाबमा जयललिताको भूमिका पर्दामा निभाउन गाह्रो छ, पहिलोपटक म आफ्नो रुप पनि परिवर्तन गर्दैछु ।’

यो फिल्म तमिल, तेलुगू र हिन्दीमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : २० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै