दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने « Khabarhub

दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) कार्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।

आयोजक क्वीन्स इभेन्ट मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीएपीएल कार्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा गरेको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । ‘पहिलो संस्करणको सफलताले दोस्रो संस्करण आयोजना गर्न प्रेरणा मिलेको छ,’ क्वीन्स इभेन्ट मेनेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले हस्ताक्षेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

यतिबेला राष्ट्रिय क्रिकेट टोलीका ३५ जना खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फ्रेन्चाईज लिग खेल्नका लागि खुला गर्ने वा नगर्नेबारे मुख्य प्रशिक्षक र कप्तानसँग छलफल भइरहेको कार्यकारी निर्देशक लामाले बताएका छन् ।

लामाले अहिले पोखरा क्रिकेट मैदानको मर्मत कार्य भइरहेको बताएका छन् । सागमा महिला क्रिकेट पोखरामा हुने बताइएको छ भने अहिले मैदान निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : ४० बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको