राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले घरमै पुगेर दिइन् जन्मदिनको शुभकामना « Khabarhub

राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले घरमै पुगेर दिइन् जन्मदिनको शुभकामना


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष अर्थात शताब्दी टेकेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना प्रदान गरेकी छिन् ।

राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् ।

१९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेले सोमबार उमेरले शताब्दी टेकेका हुन्।

१९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका घिमिरेले गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन्। हाल उनी महाकाव्य लेखिरहेका छन्।

२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गरेका थिए। अहिले उनी ८४ वर्ष पुगेकी छन्।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना