सर्लाहीका ‘मिटरब्याजी’ श्यामकृष्ण साहको गरियो पोलिग्राफ परीक्षण « Khabarhub

सर्लाहीका ‘मिटरब्याजी’ श्यामकृष्ण साहको गरियो पोलिग्राफ परीक्षण


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीका ‘मिटरब्याजी’परदेशी भनिने श्यामकृष्ण साहको प्रहरीले पोलिग्राफ परीक्षण गरेको छ । सर्वसाधारणलाई ऋण दिएर पाँचौं गुणा चक्रवर्ती ब्याज उठाउने साहको सोमबार पोलिग्राफ परीक्षण गरिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार रौतहट चन्द्रनिगाहापुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालयको पोलिग्राफमा लगेर साहको बयान परीक्षण गरिएको हो।

भट्टराईका अनुसार उनले दिएको बयान कतिको सत्य छ/छैन भनी पोलिग्राफबाट परीक्षण गरिएको हो । उनीविरूद्ध सर्लाही लालबन्दी नगरपालिका-४ की रुकमिणी चौधरीसहित ३८ जनाले ठगी मुद्दामा जाहेरी दिएका छन्।

प्रहरीले २५ दिनभित्र साहविरूद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा अभियोजन गर्दैछ। साह पक्राउ परेको सोमबार २२ दिन पुगेको छ।

बयानको सत्यता परीक्षण गर्न पोलिग्राफ परीक्षण गर्ने गरिएको छ। यसको रिपोर्ट भने आइनसकेको भट्टराईले बताए । पोलिग्राफ परीक्षणलाई मुद्दा अभियोजन सिलसिलामा भएका अन्यजस्तै सहयोगी प्रमाणको रूपमा लिइन्छ।

सर्लाही प्रहरीले उनको सम्पत्ति छानबिन तथा अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कार्यादेश दिएपछि प्रहरीले सम्पत्ति छानबिन गरिरहेको हो।

सर्लाही मलंगवा नगरपालिका-१० घर भएका साहलाई उनकै निवासबाट प्रहरीले भदौ १५ गते साँझ पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ३२ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले