कञ्चनपुरमा प्राधिकरणको एघार करोड बक्यौता रकम बाँकी « Khabarhub

कञ्चनपुरमा प्राधिकरणको एघार करोड बक्यौता रकम बाँकी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले रु ११ करोड बक्यौता रकम उठाउन सकेको छैन । वितरण केन्द्रले ११ वर्षयताको बक्यौता उठाउन नसकेको हो ।

ग्राहकले समयमै विद्युत् महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै गएको छ । जिल्लाका सरकारी कार्यालय र स्थानीय तहको पनि कराडौँ रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी बक्यौता रकम सडक बत्ती र उद्योगको छ । वितरण केन्द्रका लेखा प्रमुख ब्रहराज रेग्मीका अनुसार विभिन्न नगरपालिकाले सडक बत्तीको महशुल बुझाउन आलटाल गर्दै आएका छन् ।

विसं २०६४ देखि सडक बत्तीको रु छ करोड ६२ हजार बक्यौता उठ्न सकेको छैन । उद्योगहरुबाट रु दुई करोड ४६ लाख बक्यौता उठ्न बाँकी रहेको रेग्मीले बताए ।

यस्तै घर बत्तीको रु ४५ लाख २८ हजार, व्यावसायिक प्रतिष्ठानतर्फ रु ३३ लाख ६६ हजार, सिचाँइको रु २१ लख ९१ लाख, खानेपानीको रु छ लाख १४ हजार, मठ–मन्दीरको रु तीन लाख ६८ हजार र कालोसूचीमा परेका ग्राहकबाट रु ४५ लाख ४३ हजार बक्यौता रकम उठाउन बाँकी छ । “लाइन काट्दा पनि दोस्रो पटक विद्युत् जडानका लागि नआउँदा बक्यौता उठाउन समस्या हुने गरेको छ”, उनले भने ।

समयमा महशुल नतिर्ने ग्राहकबाट २५ प्रतिशत जरिवाना असुल्ने गरिएको रेग्मीले बताए । “ग्राहकको तीन पुस्ते प्रमाण उपलब्ध नहुँदा बक्यौता रकम उठाउन समस्या भएको छ”, उनले भने ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ५९ बजे

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको