कञ्चनपुरमा प्राधिकरणको एघार करोड बक्यौता रकम बाँकी | Khabarhub Khabarhub

कञ्चनपुरमा प्राधिकरणको एघार करोड बक्यौता रकम बाँकी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले रु ११ करोड बक्यौता रकम उठाउन सकेको छैन । वितरण केन्द्रले ११ वर्षयताको बक्यौता उठाउन नसकेको हो ।

ग्राहकले समयमै विद्युत् महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै गएको छ । जिल्लाका सरकारी कार्यालय र स्थानीय तहको पनि कराडौँ रुपैयाँ बक्यौता छ । सबैभन्दा बढी बक्यौता रकम सडक बत्ती र उद्योगको छ । वितरण केन्द्रका लेखा प्रमुख ब्रहराज रेग्मीका अनुसार विभिन्न नगरपालिकाले सडक बत्तीको महशुल बुझाउन आलटाल गर्दै आएका छन् ।

विसं २०६४ देखि सडक बत्तीको रु छ करोड ६२ हजार बक्यौता उठ्न सकेको छैन । उद्योगहरुबाट रु दुई करोड ४६ लाख बक्यौता उठ्न बाँकी रहेको रेग्मीले बताए ।

यस्तै घर बत्तीको रु ४५ लाख २८ हजार, व्यावसायिक प्रतिष्ठानतर्फ रु ३३ लाख ६६ हजार, सिचाँइको रु २१ लख ९१ लाख, खानेपानीको रु छ लाख १४ हजार, मठ–मन्दीरको रु तीन लाख ६८ हजार र कालोसूचीमा परेका ग्राहकबाट रु ४५ लाख ४३ हजार बक्यौता रकम उठाउन बाँकी छ । “लाइन काट्दा पनि दोस्रो पटक विद्युत् जडानका लागि नआउँदा बक्यौता उठाउन समस्या हुने गरेको छ”, उनले भने ।

समयमा महशुल नतिर्ने ग्राहकबाट २५ प्रतिशत जरिवाना असुल्ने गरिएको रेग्मीले बताए । “ग्राहकको तीन पुस्ते प्रमाण उपलब्ध नहुँदा बक्यौता रकम उठाउन समस्या भएको छ”, उनले भने ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ५९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका