नेपालले आज ताजकिस्तानविरुद्ध खेल्दै, सुखद नतिजाको अपेक्षा « Khabarhub

नेपालले आज ताजकिस्तानविरुद्ध खेल्दै, सुखद नतिजाको अपेक्षा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले बुधबार ताजिकिस्तानसँग आफ्नो पहिलो खेल खेल्दै छ।

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो। खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट शुरु हुनेछ ।

प्रि–म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक विष्णु गुरुङले टोलीको तयारी राम्रो भएकाले मैदानमा उत्रिन तयार भएको बताए ।

‘छोटो समय भएपनि हाम्रो तयारी राम्रै छ। टिम राम्रो बनेको छ। हामी मैदानमा उत्रिन तयार छौ।’ प्रशिक्षक गुरुङले भने ।

उनले नेपाली टोली पहिलो जस्तो नभएको समेत बताए । टोलीमा धेरै परिवर्तन भएका बताउँदै उनले नेपाली टोलीबाट धेरै आशा राख्न सकिने बताए ।

‘अहिले हाम्रो टोलीमा धेरै खेलाडी परिवर्तन भएका छन्। टोलीमा युवा तथा नेपाली फुटबलमा लामो समयको अनुभव बटुलेका खेलाडीले छन्। जसले गर्दा टोलीको बोन्डिङ राम्रो बनेको छ।’ प्रशिक्षक गुरुङले भने ।

उनले विपक्षीलाई रोक्न सक्ने क्षमता नेपाली खेलाडीमा रहेको बताए ।  उनले भने, ‘हामीले नेपालमा म्याटमा प्रशिक्षण गरेका थियौं। यहाँ पार्केटिङमा प्रशिक्षण गर्यौ। पार्केटिङमा खेलाडीहरुको खुट्टा चिप्किने समस्या भइरेहेको छ। जसले गर्दा खेल दौरान खेलाडीको स्पीडमा समस्या देखिने छ। तर, नतिजा पहिले भन्दा सुधारिएको आउनेमा विश्वस्त छु।’

प्रशिक्षक गुरुङले खेलाडीलाई डिफेन्सिभसँगै काउन्टर अट्याकिङ पोजिसनमा मैदान उतार्ने बताए।

ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले एक महिनादेखिको प्रशिक्षणले आफ्नो टिम राम्रो बनेको बताएका छन्। दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रीपूर्ण खेलले टोली झनै बलियो बनेको उनले बताए ।

नेपाली टोलीका सहायक प्रशिक्षक गौरव श्रेष्ठले अन्तर्राष्ट्रिय खेलको अभावले खेलाडीको स्तर मापन गर्न नपाएको बताए।

‘हामीले टोली राम्रो भएको भन्दै आएका छौं। तर, खेलाडीको स्तर मापन गर्न पाएका छैनौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएको भए अझै खेलाडीमा केही उत्साह थपिने थियो,’ सहायक प्रशिक्षक श्रेष्ठले भने।

कप्तान विजय गुरुङले प्रतियोगिता खेलाइने मैदानमा खुट्टा चिप्किने समस्याले खेल्न गाह्रो हुने बताए।

‘मैदानले गर्दा खेल्न केही समस्या हुन सक्ने देखिएको छ। तर हामी शतप्रतिशत दिने छौं। हाम्रो प्रमुख लक्ष्य विपक्षीलाई रोक्नु हो। उनीहरुले हामीमाथि हेर्ने नजर बदल्नु छ र हामी पनि उनीहरुभन्दा कम छैनौ भन्ने प्रमाणित गर्नु छ।’

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ५७ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता