सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री पोखरेल नेपालगञ्ज आएको मौकाछोपी किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सरकार सधैँ कृषकको सुखदुःखको साथी भएको बताउदै उनले प्रक्रिया पूरा भएपछि पीडित किसानलाई सहयोग गर्ने बचन दिए ।

दुई सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनी, पुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञानकेन्द्र बाँकेका कार्यालय प्रमुख सागर ढकालले कीराको प्रकोप देखिएको स्थानमा ९० प्रतिशतसम्म धानबाली नष्ट भएको बताउनुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर, तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले अझै सखाप बनाइरहेको ढकालको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई