सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री पोखरेल नेपालगञ्ज आएको मौकाछोपी किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । सरकार सधैँ कृषकको सुखदुःखको साथी भएको बताउदै उनले प्रक्रिया पूरा भएपछि पीडित किसानलाई सहयोग गर्ने बचन दिए ।

दुई सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनी, पुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञानकेन्द्र बाँकेका कार्यालय प्रमुख सागर ढकालले कीराको प्रकोप देखिएको स्थानमा ९० प्रतिशतसम्म धानबाली नष्ट भएको बताउनुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर, तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले अझै सखाप बनाइरहेको ढकालको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ४८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट