च्याम्पियन्स लिग– डिबालाको गोलमा युभेन्टस विजयी « Khabarhub

च्याम्पियन्स लिग– डिबालाको गोलमा युभेन्टस विजयी


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डीको खेलमा युभेन्टस बिजयी भएको छ । युभेन्टसले लोकोमोटिभ मस्कोलाई पराजित गरेको हो ।

घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा पाउलो डिबालाले दुई गोल गर्दा युभेन्टसले जीत निकालेको हो ।

३०औं मिनेटमा अलेक्सी मिरानचुकले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसले बराबरीको अवस्था बनाएको थियो । ७९ औं मिनेटमा डिबाला दोस्रो गोल गर्दा युभेन्टसको पराजय रोकिन पुग्यो । त्यसपछि कुनै गोल हुन नसकेका कारण युभेन्टस विजयी भयो ।

समूह डीमा युभेन्टसको सात अंक छ भने मस्कोको तीन अंक छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि जित हात पार्दै सातै अंक बनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : १८ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको