अमेरिकी राष्ट्रपतिले युक्रेनलाई दबाव दिएको अमेरिकी राजदूतको बयान « Khabarhub

अमेरिकी राष्ट्रपतिले युक्रेनलाई दबाव दिएको अमेरिकी राजदूतको बयान


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको बयान अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले दिएका छन् ।

निमित्त राजदूत बिल टेलरले ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनका आफ्ना सम्भावित प्रतिद्वन्द्वी भूतपूर्व उपराष्ट्रपति जो बाइडनमाथि युक्रेनले अनुसन्धान गरोस् भन्ने चाहेको आफूलाई बताइएको जानकारी दिएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने विषयमा भइरहेको छानबिनका क्रममा युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलरले बयान दिएका हुन् ।

उनले अमेरिकाको घरेलु राजनीतिक कारणले युक्रेनसँगको कूटनीतिक सम्बन्धलाई आधारभूत रूपमै ध्वस्त पारिएको बताए ।

यसअघि ट्रम्पले युरोपेली सङ्घका निम्ति अमेरिकी राजदूतलाई कङ्ग्रेसले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए ।

संसद्‌मा हालै लिएका बयानहरूबारे प्रतिक्रिया जनाउँदै ह्वाइट हाउसकी एक प्रवक्ता स्टेफनी ग्रिशमले विज्ञप्तिमा भनिन्, “राष्ट्रपति ट्रम्पले केही पनि गलत गरेका छैनन्। यो अतिवामपन्थी सांसदहरू र निर्वाचित नभएका उग्र कर्मचारीले गरेको संयोजित भ्रामक अभियान हो।”

टेलर गत जुन महिनामा युक्रेनका लागि अमेरिकी दूत बनेका हुन्।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : १० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र