नेपाल र बंगलादेश व्यापार वार्ता : भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्नेबारे छलफल « Khabarhub

नेपाल र बंगलादेश व्यापार वार्ता : भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्नेबारे छलफल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र बंगलादेश द्विपक्षीय चौथो व्यापार वार्ता सुरु भएको छ । दुई देशबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव स्तरीय व्यापारसम्बन्धी वार्ता मंगलबारदेखि सुरु भएको हो ।

वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा १४ सदस्यीय टोली र बंगलादेशबाट सहसचिव सरिफा खानको नेतृत्वमा सात सदस्यीय टोलीले छलफल गरेका हो ।

छलफलमा बंगलादेशका वाणिज्य सहसचिव सरिफा खानले द्विपक्षीय व्यापार छलफलले दुई देशबीचको सम्बन्ध राम्रो बढ्ने बताइन् । उनले यस्ता छलफलले विश्व व्यापार लागि पनि सहज हुनेमा जोड दिइन् ।

मंगलबार द्विपक्षीय वार्ताका मुख्य व्यापार एजेन्डा काठमाडौं ढाका बस सेवालाई व्यवस्थित र नियमित बनाउने, नेपाल–बंगलादेशबीच ऊर्जा व्यापार, पर्यटन, विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान, भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने, नेपालको कृषि वस्तु निकासीका अवरोध हटाउने, नेपालको धागो निकासीलाई बंगलादेशले सहज पहुँच दिने, भन्सार छुटको सूची हेरफेर तथा थप गर्ने, बंगलादेशमा रहेका नेपाली विद्यार्थीका समस्या समाधानलगायतका विषयमा छलफल केन्द्र रहेको थियो ।

नेपाल र बंगालदेशबीच २० चैत २०३२ मा व्यापार तथा भुक्तानी र पारवहन सम्झौता भएको थियो । त्यसयता नेपाल र बंगलादेशले औपचारिक रूपमा व्यापार गर्दै आएका छन् । आपसी बढ्दो व्यापारलाई ध्यान दिँदै व्यापार तथा पारवहनको सम्झौता गर्न दुवै मुलुक सकारात्मक रहेका छन् ।

नेपालले बंगलादेशमा जडीबुटी, धागोलगायत विभिन्न वस्तु निर्यात गर्दै आएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार नेपालले बंगलादेशबाट ४ अर्ब २४ करोड मूल्यबराबारको आयात भइरहको र नेपालबाट बंगलादेश १ अर्ब २९ करोड मूल्यबराबरको वस्तु मात्र निर्यात भइरहेको छ । सो तथ्यांकअनुसार नेपालको बंगलादेशसँगको व्यापार घाटा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : १५ बजे

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, वरिष्ठ नेता बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल