३२ वर्ष भन्दा माथिकालाई नेविसंघ अध्यक्ष बनाउन लागेको भन्दै विद्यार्थी नेताहरुको विरोध « Khabarhub

३२ वर्ष भन्दा माथिकालाई नेविसंघ अध्यक्ष बनाउन लागेको भन्दै विद्यार्थी नेताहरुको विरोध


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघको नेतृत्व चयन गर्ने तयारी गरेपछि चर्को विवाद देखिएको छ ।

कांग्रेस शीर्ष नेतृत्वले ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले विरोध गरेको हो ।

नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको भन्दै नेतृत्व तहमा भएको विधान विपरितको सहमतिको विरोध गरे ।

उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए ।

‘पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५–२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ’, उनले भने, ‘अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दैगर्दा उत्तर के दिने ? विधान कार्यान्वयनमा गइसकेको अवस्थामा फेरि विधान विपरित जाने काम भए हामी पार्टी नेतृत्वको खिलापमा जान पनि बाध्य हुन्छौं ।’

विगतमा विधान कार्यान्वयनका लागि आफूहरुले निरन्तर पार्टी नेतृत्वलाई दवाव दिएको स्मरण गर्दै भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र लोकतान्त्रिक पार्टी विधान सम्मत जानुको विकल्प नभएको बताए ।

यसैगरी नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पनि आफू ३२ वर्षमुनीबाटै नेतृत्व चयन गरिनुपर्छ भन्ने पक्षमा रहेको बताए । ३२ वर्षमुनीबाट नेतृत्व चयनको माग गर्दै काफ्ले समूहका केही नेविसंघका केही नेताहरुले बुधबारनै राजधानीमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३१ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई