अतिक्रमणको चपेटामा बसपार्कसँगैको गुठीको जग्गा– सार्वजनिक सम्पत्तिमा गिद्दे नजर | Khabarhub Khabarhub

अतिक्रमणको चपेटामा बसपार्कसँगैको गुठीको जग्गा– सार्वजनिक सम्पत्तिमा गिद्दे नजर



काठमाडौं– काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तले भ्यूटावर बनाउने भनिएसँगै खुल्लामञ्चको आधा भागमा अस्थायी रुपमा बर्सपार्क सारिएको थियो ।

भ्यू टावर बनाउने अनुमति जलेश्वर स्वच्छन्द बिकोईले पाएको थियो ।  उक्त कम्पनीले खुल्लामञ्चमा अवैध रुपमा सटर निर्माण गर्‍यो र भाडामा दियो ।

रातारात योजना बनाएर ठूलो रकम कुम्लाउने उद्देश्यले गरिएको कामलाई स्थानीय र सम्पदा बचाउँ अभियान्ताहरुले खुल्लामञ्च कब्जा गर्न लागेको भन्दै विरोध गरे ।

चौतर्फी विरोध भएसँगै गत वैशाख २४ गते खुल्लामञ्चमा निर्माण गरिएका सटरहरु भत्काइएको थियो । उक्त स्थानमा ४० वटा सटर निर्माण गरिएको थियो ।

त्यसको केही समयमै बसपार्कस्थित दुईमाजु गुठीको १ रोपनी जग्गामा सामान्य व्यापार गर्नेभन्दै अतिक्रमण गरिएको छ । माफियाहरुले सरकारी जग्गा अवैध रुपमा व्यापारका लागि दिएक करौडौं रुपैयाँ असुलेका छन् ।

बसपार्कसँगै रहेको दुईमाजु गुठीको जग्गामा जस्तापाता र रेलिङ लगाएर भाडामा दिइएको छ ।

वि.स. २०७५ सालमा गुठी संस्थानले सो जग्गाको रेखदेखको जिम्मा अमृता भट्टराइलाई दिएको थियो । दुईमाजु गुठीको संरक्षण र सरसफाई गर्ने कर्मचारी थिइन् भट्टराई । तर उनले उक्ता जग्गा अवैध रुपमा भाडामा लगाएर रकम अशुली रहेकी छिन् ।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंसँग ०७५ साल ८ महिना २१ गते सम्झौता गरी लिएको मन्दिर परिसरमा गुठी संस्थाको माग बमोजिम महानगरको भवन निर्माण विभागले अस्थायी टहरा निर्माणका लागि सोही वर्षको फागुन १० गते सहमति दिएको थियो ।

सोही मन्दिर परिसरमा ०७५ साल माघ १७ गते मरिण कुमार इन्टरनेशनलाई करार गरी अस्थायी टहरा निर्माण गर्न दिएको थियो । संरक्षणको जिम्मा पाएकी अमृता भट्टराईले भने उक्त स्थान १७ जना व्यक्तिलाई भाडामा दिएकी छिन् ।

हाल त्यहाँ १७ वटा पसल रहेको छन् । प्रक्रियाअनुसार नै बसेको र मासिक रुपमा भाडा तिरिरहेको व्यापारीहरु बताउँछन् । तर अमृताले भने अवैध रुपमा टहरा बनाएर गुठीको जग्गामा भाडामा लागाएको पाइएको छ ।

अनुगमनमा महानगर 

दुईमाजु मन्दिरमाथि अतिक्रमण भएको भन्दै विरोध भएपछि बुधवार काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले अनुगमनसमेत गरेकी छिन् ।

‘अनुगमनका क्रममा खड्गीले खुला स्थान खुला नै राख्नुपर्ने बताइन् । ‘यो एउटा साँस्कृति एवम् धार्मिक स्थल हो’ उनले भनिन्, ‘यहाँ व्यापार गर्न मिल्दैन यो तत्काल हटाउनुपर्छ’ ।

विवादमा आउँछ भन्ने थाहै भएन : वडा अध्यक्ष

व्यापारीहरु दुईमाजु परिसरमा व्यवसाय गर्नका लागि पसल दर्ता गर्न वडा कार्यलय पुगेका थिए । जसमा वडा अध्यक्षले हस्ताक्षर गरेका थिए । तर वडा अध्यक्ष भाइराम खड्गी भने त्यहाँ पसल सञ्चालन गर्न दिँदा यस्तो समस्या आउने बारे आफूले नसोचेको बताए ।

वडा अध्यक्ष भाइराम खड्गीले भने, ‘यस्तो विवाद आउला भनेर सोचेकै थिइन’ ।

‘पहिले विवाद आएन उहाँहरु पसल थाप्न दर्ता गर्न आउनु भएको थियो’ उनले भने ‘जब भेटवालले टहरा बनाए सम्पदाप्रेमीहरुले विरोध गरेर भत्काइयो त्यसपछि दुईमाजुको व्यापार पनि बन्द भयो’ ।

केही समय बन्द भएपछि पसलहरु पुन सञ्चालनमा आएपछि स्थानीय र सर्वसाधारणले यसको विरोध गरे ।

‘बन्द भएका पसलहरु अब खुल्दैनन् भन्ने सोचेका थिएँ’ उनले भने,‘तर पसल निरन्तर चलिरहेपछि र यो विषय विवादित बन्न पुगेपछि ती टहरा हटाउनुपर्ने अवस्था देखिएकाले हटाइपाउ भनेर निवेदन गरेको हो ।’

खुल्लामञ्च बचाउँ– अभियान्ता 

खुल्लामञ्च अतिक्रमणको चपेटामा परेसँगै पटकपटक अभियान चलाइरहेका छन् अभियान्ताहरुले । ‘हनुमानढोका तलेजु भवानीसँग घनिष्ठ सम्बन्ध भएको ऐतिहासिक, साँस्कृतिक एवम धार्मिक स्थल हो, दुईमाजु’ अभियानका आयोजक सुशन वैद्य भन्छन्, ‘यसलाई हामी तलेजुलाई शक्ति दिने शारथीको रुपमा मान्दछौं’ ।

वैद्यकाअनुसार दुईमाजु मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दू पनि हो । तर अहिले व्यापारिक केन्द्र भएको छ । सम्पदा बचाउनका लागि पटकपटक लडाइँ लडिरहेको बताउँदै उनी भन्छन्, ‘हाम्रो लडाई यहाँका व्यपारीसँग होइन, जसले आफु सत्तामा भएको बेला त्यसको दुरुपयोग गरिरहेको छ उहाँहरुसँग हो’ ।

त्यसो त काठमाडौं सबैको साझा सहर हो । यहाँ प्रवेश गर्ने अधिकांश मानिसहरु काम गर्नका लागि लागि आउने गर्छन् । तर त्यसो भन्दैमा खुल्ला तथा साँस्कृतिक स्थान भने दोहन गर्न नहुने उनको भनाइ छ ।

गुठी संस्थान के भन्छ ?

गुठी संस्थानका प्रशासक कार्यकारी प्रमुख नारायण चौधरीले करारमा दिएकाले सम्झौतालाई बदर गरी पसल व्यवसाय हटाउने बताएका छन् । ‘हामीले मन्दिर हेरचाहका लागि दिएका हौं’ चौधरीले भने ‘पसल सञ्चालन गरेसँगै धेरै विवाद आइरहेको छ हामी सम्झौता खारेजको प्रक्रियामा छौं’ ।

बुधवार दुईमाजु मन्दिर अनुगमन गरेसँगै महानगरकी प्रमुख र अभियानकर्मी गुठी संस्थान पुगेका थिए ।

व्यवसायी प्रश्न– कहाँ गएर व्यापार गर्ने ?

सिन्धुलीका चन्द्र योगीले गत वैशाख महिनाबाट दुईमाजु परिसरमा पसल सुरु गरेका थिए । उनका अनुसार व्यवसाय गर्नपूर्व नै गुठीको प्रधान कार्यलयबाटै बोर्डको मिटिङ बसेर बोर्डले नै यो गुठी क्षेत्रको बाहिरी भागमा व्यवसाय गर्ने र यसको संरक्षण गर्ने नीति बनाएको थियो ।

‘अमृता भट्टराईले ठेक्का दिइसकेपछि हामीले लिस्टमा आएर लगानी गरेका हौं’ उनले भने ‘यदि सम्बन्धित निकायबाट भत्काउने आदेश आयो भने हामी निस्कन्छौं’ ।

‘हिजोका दिनमा काठमाडौं महानगरसँग गुठी संस्थानले सहमति लियो, नक्साका लागि सिफारिस लियो, महानगरले नक्सा प्रमाणित समेत ग¥यो’ अर्का व्यवसायी केदार भन्छन्, ‘गुठी संस्थानले व्यवसाय सञ्चालन गर्ने अनुमति लिएर नै यसरी व्यापार गर्न आएका हौं हामी’ ।
‘महानगर त्यो बेला के हरेर बसेको थियो’ उनले प्रश्न गरे ‘आज आएर जस्ता नै उकाउछु भन्ने ?’

‘व्यवसाय दर्ता गर्न वडा अध्यक्षले हस्तक्षर समेत गरेको थिए’ व्यवसायीले भने ‘तर अहिले वडा अध्यक्षले नै महानगरमा फेरि निवेदन हालेका छन् रे हटाउनु पर्ने अवस्था देखिएकाले हटाइपाउ भनेर’ ।

आफूहरुलाई दुईमाजुमा व्यवसाय गर्न पाइँदैन भनेर वडा अध्यक्ष लगायतले नभनेको वरु उल्टै हस्ताक्षर गरे सञ्चालन गर्न दिएको भन्दै व्यवसायीले आक्रोश पोखे ।

‘हामीलाई पसल चलाउन प्रमाण पत्र दिने, कर तिराउने लगायतका काम वडा अध्यक्षले गरे’ व्यवसायी योगीले भने,‘‘अब के त्यो प्रमाण पत्र लिएर गएर हामीले वडा अध्यक्षको घरमा गएर व्यवसाय गर्ने ?’

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ४१ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे