वुमन्स क्रिकेट च्याम्पियनसिप – पहिलो संस्करणको ट्रफी उचाल्न कप्तान आतुर « Khabarhub

वुमन्स क्रिकेट च्याम्पियनसिप – पहिलो संस्करणको ट्रफी उचाल्न कप्तान आतुर


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियनसिप २०१९ (डब्लुसिएल) को ट्रफीलाई पर्यटकिय क्षेत्र चन्द्रागिरीमा पुर्याइएको छ ।

बिहीबार फाइनल हुने डब्लुसिएलको ट्रफी बुधबार बिहान चन्द्रागिरी पुर्याइएको हो । ट्रफीसँगै फाइनालिष्ट क्याट काठमाडौं क्वीन्स र चितवन राइनोजका कप्तानहरु समेत पुगेका थिए ।

शिरशिरे हावासँगै रमणीय दृश्य रहेको चन्द्रागिरीमा ट्रफी पुर्याउँदा नेपालको पर्यटन विकासमा समेत सहयोग पुर्याउने आयोजकले बताएको छ ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशकसहितको टोली ट्रफीसँगै चन्द्रागिरि पुगेका थिए । महिला क्रिकेटमा पहिलो पटक फ्रेन्चाईजी लिग आयोजना गर्दै नयाँ शुरुवात गरेको सँगै महिला क्रिकेटको प्रवर्दनका लागि पनि पर्यटकीय गन्तव्यमा ट्रफी पुर्याइएको आयोजकले जनाएको छ ।

‘हामीले महिला क्रिकेटमा नयाँ अभ्यास गरेका छौं । महिला क्रिकेट लिग आयोजना गरिसकेपछि यसमा नयाँ नयाँ प्रयोग गर्नुपर्ने हुन्छ । महिला क्रिकेटले कर्पोरेटदेखि समर्थकसम्मको साथ कम पाइरहँदा पर्यटकिय स्थलमा फाइनलको ट्रफी पुर्याउँदा यसले नयाँ रुप लिन्छ,’ प्रबन्ध निर्देशक छुम्बी लामाले भने,‘खेलाडीहरुलाई पनि सकारात्मक ‘फिल’ होस् भन्ने हिसाबले पनि यसो गरिएको हो । आउँदा दिनहरुमा पनि यो भन्दा राम्रो गर्न हौसलाका लागि पनि यो गरिएको हो ।’

एकाबिहानै चन्द्रागिरी पुगेका खेलाडीहरुमा भने आशाका किरणहरु देखिएका थिए । जति चन्द्रागिरीको हावाले चिसो बनाएको थियो त्यो भन्दा धेरै खुसी थिए उनीहरु महिला लिग खेल्न पाएको । चन्द्रागिरीमा बोलेका दुवै कप्तानले आफ्नो टोलीले उत्कृष्ट खेल्दै ट्रफी उचाल्ने बताएकी छन् । यस्तै, उनीहरुले पहिलो संस्करणको ट्रफी उचाल्न उत्साहित रहेको समेत बताइन् ।

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान तथा काठमाडौं क्विन्सकि कप्तान रुवीना क्षेत्रीले लिग आयोजना गरेकोमा आयोजकलाई धन्वाद दिन कन्जुसाइ गरिनन् । चिसोले मुटु छोइरहँदा पनि उनी महिला क्रिकेटका लागि भएको प्रयासलाई सकारात्मक र प्रतियोगितामा अहिलेसम्मको अनुभव उत्कृष्ट रहेको बताइन् ।

‘यो पहिलो पटक नै हो । ट्रफी टुर गरेको, रमाइलो अनुभुति भइरहेको छ । चिसो र फ्रेस पनि फिल गरिरहेकी छु,’ रुवीनाले भनिन् ।

रुविनाले आफ्नो टोली फाइनलका लागि तयार रहेको बताएकी छन् । लिगको पहिलो खेलमा पराजित भएपनि टिमले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको उनको भनाई थियो ।

‘हामीले प्रतियोगिताको पहिलो खेलमा हार व्येहोरे पनि पछिल्ला ४ खेलमा अझै केही राम्रो हुनसक्छ भन्ने रणनीतिका साथ खेल्यौं,’ कप्तान रुविनाले भनिन्,‘टिमलाई हेर्ने भन्दा पनि फाइनलमा टिमले कसरी खेल्छ भन्ने हो । हामीले रणनीति बनाएका छौं । खेलाडीले पनि व्यक्तिगत योजना बनाएका हुन्छन् ।’

यता, चितवन राइनोजकी कप्तान इन्दु बर्माले पनि फाइनल भिडन्तका लागि आफ्नो टिम तयार रहेको बताएकी छन् । लिगमा अपराजित रहेको चितवन फाइनलसम्म अपराजित रहँदै एतिहासिक डब्लुसिएलको पहिलो ट्रफी उचाल्ने लक्ष्यमा रहेको बताएकी छन् ।

‘अनबिटन हुँदा खुसी छु । फाइनलमा पनि जितलाई नै निरन्तरता दिने योजनामा छौं,’ कप्तान इन्दुले भनिन्,‘ टिममा खेलाडीहरु कन्फिडेन्ट छन् । लिगमा विपक्षीलाई पराजित गरेपनि फाइनलमा टिमको ‘कन्फिडेन्ट’ बुस्ट गर्दै अगाडि बढ्छौं ।’

इन्दुले पनि डब्लुसिएलले नेपाली महिला क्रिकेटमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । ‘लिग हुनु राम्रो कुरा हो । डब्लुसिएलले महिला क्रिकेटको विकासका लागि सहयोग गरेको छ । यसबाट नयाँ नयाँ खेलाडी आएका छन्,’ इन्दुले भनिन् ।

प्रतियोगिताको विजेता टालीले ७ लाखसहित ट्रफी उचाल्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ३२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई