चाबहिल चोक नजिकै चार तले घर भत्कियो, दुई जना घाइते | Khabarhub Khabarhub

चाबहिल चोक नजिकै चार तले घर भत्कियो, दुई जना घाइते


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् ।

घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ३३ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क